Mon. May 6th, 2024

वर्ल्डलिंकका सञ्चालक विजय जलानको कोरोनाका कारण निधन

काठमाडौं, २०७८ बैशाक ३० गते बिहीबार । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडका सञ्चालक तथा निर्देशक विजय जलानको निधन भएको छ ।

कोभिड संक्रमित जलानको काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारका क्रममा बिहीबार विहान निधन भएको हो । करिब १५ दिनअघि अस्पताल भर्ना भई भेन्टेलेटरमा राखेर उपचार भइरहेको उहाँको आज मृत्यु भएको जनाइएको छ ।

वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडका सञ्चालक तथा निर्देशकका साथै सहसंस्थापक ४७ वर्षीय जलान इन्टरनेट सेवाप्रदायक संघ नेपाल (आईस्पान) का कार्यकारी सदस्य पनि हुनुहुन्छ । वर्ल्ड लिंकको स्थापना कालदेखि नै जालन व्यवस्थापकीय भूमिका निर्वाह गर्नुभएको थियो ।

Facebook Comments