Mon. Dec 23rd, 2024

एमाले अध्यक्ष केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त

काठमाडौं, २०७८ बैशाक ३० गते बिहीबार ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पुन: प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पदमा केपी शर्मा ओलीलाई पुन: नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

यस अघि संसदमा प्रधानमन्त्री ओलीले विश्वासको मतका लागि राख्नु भएको प्रस्ताव फेल भए पछि राष्ट्रपतिले संविधानको धारा ७६ को उपधार २ अनुसार बहुमतीय आधारमा आज राती ९ बजे सम्ममा प्रधानमन्त्रीको लागि दावी गर्न दिएको समय सीमा सकिए पछि राष्ट्रपतिले संसदको सबैभन्दा ठूलो दलका हैसियतमा नेकपा एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

नेकपा एमालेका अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई सफल कार्यकालको लागि भ्वाइस अफ काठमाडौंको तर्फबाट हार्दिक बधाई तथा शुभकामना ।

Facebook Comments