Tue. Dec 24th, 2024

पछिल्लाे राजनीतिक घटनाक्रमबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक

काठमाडौं, २०७८ बैशाक २७ गते सोमबार । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत प्राप्त गर्न नसके लगत्तै बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बोलाउनु भएको छ ।

कामचलाउ सरकारको मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभाको विशेष अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले आजै राति १२ बजेदेखि अधिवेशन अन्त्य गर्न सिफारिस गरेको हो ।

सभामुख अग्निप्रसाद सापकोटाले आउँदो ३० गतेका लागि अर्को बैठकको मिति घोषणा गर्नुभएको भए पनि कामचलाउ सरकारले भने आजै अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रायोजनका लागि सरकारकै सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आजका लागि विशेष अधिवेशन आह्वान गर्नुभएको थियो ।

मन्त्रिपरिषद् बैठकलगत्तै प्रधानमन्त्री ओली अहिले राष्ट्रपतिको कार्यलय शीतल निवास पुग्नुभएको छ ।

Facebook Comments