Sun. May 19th, 2024

कोरोना संक्रमणबाट एकै दिनमा १३९ जनाको मृत्यु, स्थिती भयावह

काठमाडौं, २०७८ बैशाक २७ गते सोमबार । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ सय ३९ जनाको मृत्यु भएको छ । त्यसैगरी त्यसैगरी सोही अवधिमा कोरोनाका ९ हजार १ सय २७ नयाँ सक्रमित थपिएका छन् । साथै सो अवधिमा ४ हजार ७ सय जना निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सो अवधिमा १८ हजार ४११ जनाको आरसीपीसीआर टेस्ट गरिएको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्दै थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या ४ लाख ३ हजार ७ सय ९४ पुगेको जनाएको छ ।

हाल ९३ हजार १ सय ४१ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ । मन्त्रालयका अनुसार हाल ४ सय २७ जना क्वारेन्टिनमा छन् । हालसम्म ३ लाख ६ हजार ७ सय ९४ जना निको भएकोमा आज सम्म ३ हजार ८ सय ५९ जनाको कोरोनाको कारण मृत्यु भएको छ ।

Facebook Comments