Fri. May 3rd, 2024

कांग्रेस सभापति देउवा र एमाले नेता नेपालबीच बुढानिलकण्ठमा भेटवार्ता

काठमाडौं, २०७८ बैशाक २३ गते बिहीबार । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबिचभेटवार्ता भएको छ ।आफू निकट केही नेतासहित बिहीबार साँझ देउवा निवासमा पुग्नु भएका नेपालले करिब एक घण्टा छलफल गर्नुभएको छ ।

छलफलमा सहभागी काँग्रेसका एक नेताका अनुसार देउवा र नेपालबिच सैद्धान्तिक छलफल भएको छ । बुधवार प्रधानमन्त्री केपी शर्मा ओलीको टोलीसहित भेटवार्ता भएपछि बिहीबार नेपाल पक्षबिच भएको भेटलाई अर्थपूर्णरुपले हेरिएको छ ।

प्रधानमन्त्री ओलीले वैशाख २७ गते विश्वासको मत लिने बताई रहँदा त्यसलाई विफल पार्न आवश्यक रणनीति बनाउने विषयमा दुवै नेताबिच छलफल भएको बुझिएको छ ।

देउवासँगको छलफल सकेर नेपाल राष्ट्रपति भेट्न शीतल निवास पुग्नु भएको थियो । नेपाल पक्षका सांसदले सामूहिक राजीनामा दिने तयारी गरिरहेका बेला उहाँले राष्ट्रपति भेट्न जानुलाई अर्थपूर्ण रूपमा लिइएको छ ।

Facebook Comments