Tue. Jul 28th, 2026

वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधन

       

काठमाडौं, २०७८ बैशाक २३ गते बिहीबार । नेपालका वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधन भएको छ । उहाँको न्यूरो अस्पताल काठमाडौंमा उपचारका क्रममा बिहीवार दिउँसाे निधन भएको हो ।

बिहीवार बिहान प्रधानको छातीमा सामान्य सङ्क्रमण (इन्फेक्शन) देखिएपछि उहाँलाई न्युरो अस्पतालमा भर्ना गरिएकाे थियाे । दिउँसाे १:४५ बजे प्रधानलाई हृदयाघात भएकाे थियाे ।

उहाँको जन्म १९९४ साल असारमा सिन्धुपाल्चोक जिल्लाको चौतारामा भएको थियो , बुबा रत्नध्वज प्रधान र आमा प्राणदेवी प्रधानको कोखबाट जन्मिनु भएका उहाँको घरमा साङ्गीतिक परिवेश थियो। उहाँको जिजुबाजे नारायणकृष्ण प्रधान र बाजे उत्तरध्वज प्रधान शास्त्रीय सङ्गीतमा गहिरो रुचि राख्नुहुन्थ्याे ।

वि.संं.२००९ सालमा रेडियो नेपालबाट स्वर परीक्षा पास गर्नुभएका प्रधानले गाउँनु भएका घुम्तीमा नआऊ है, तिमीलाई अचेल कहाँ देखुँ, गोरेटो यो गाउँको, पर लैजाऊ फूलहरू, यो नानीको शिरैमा ईन्द्रकमल फूल फूल्यो लगायत गीतहरु लोकप्रिय छन् । नेपालको आधुनिक संगितमा प्रधानको परिचय पहिलो गीतारवादकका रुपमा पनि छ । उहाँ गीतार बजाएर गीत गाउने पहिलो नेपाली हुनुहुन्छ ।

भ्वाईस अफ काठमाडौं मिडिया प्रा.लि.परिवार वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानप्रति हामी हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँका परिवारजनमा हार्दिक समवेदना व्यक्त छ।

Facebook Comments

सम्बन्धित समाचार

1 min read
1 min read