Tue. May 7th, 2024

चीनको अर्थतन्त्र महामारी पूर्वकै अवस्थामा फर्कियो

साङहाईस्थित फु तुङ क्षेत्र

काठमाडौं, २०७८ बैशाक २१ गते मंगलबार । पश्चिमा अर्थतन्त्रमा कोरोना महामारीको प्रभाव भयङकर परे पनि चिनियाँ अर्थतन्त्र सुरक्षित रहेको र यो अझै सशक्त बन्दै गएको अन्तर्राष्ट्रिय संचार संस्थाहरुले लेखेका छन्। चिनियाँ उपभोक्तामा नाटकीय रुपमा भएको वृद्धि तथा खर्चमा भएको वृद्धिले यस्तो देखाएको हो। चिनियाँ उपभोक्ता नै चिनियाँ अर्थतन्त्रका मुख्य श्रोत भएको कुरा विगत १८ महिनाको अन्सन्धानले पुष्टि गरेको छ।

मर्निङ कन्सल्ट अनलाइनका अनुसार कोरोना महामारीपूर्वकै अवस्थामा चिनियाँ अर्थतन्त्र पुगिसेको छ। यसको पुष्टि सर्वेक्षणबाट भएको उल्लेख छ। सन् २०१९ को अक्टोबर १ देखि २०२१ को अप्रिल १३ सम्म गरिएको सर्वेक्षणबाट उल्लिखित तथ्याङ्क प्राप्त भएको हो। सर्वेक्षणमा १ लाख ९४ हजार ४ सय ६३ चिनियाँहरु सहभागी थिए। सीआरआई

Facebook Comments