Sun. May 19th, 2024

विश्वकै धनी बिल गेट्सले सम्बन्ध विच्छेद गर्दैै !

काठमाडौं, २०७८ बैशाक २१ गते मंगलबार । माइक्रोसफ्टका संस्थापक बिल गेट्सले आफ्नो वैवाहिक यात्रा टुङ्ग्याउने हुनुभएको छ । धेरै प्रयास गर्दा पनि पत्नी मेलिन्डा गेट्सँग सँगै बस्न नसकिने अवस्था आएको भन्दै दुवैले वैवाहिक यात्रा टुङ्ग्याउने निर्णय गरेको ट्वीटर मार्फत् जानकारी गराउनुभएको हो ।

‘धेरै लामो समयसम्मको वैचारिक मन्थन तथा हाम्रो सम्बन्ध सुधारमा धेरै कार्यपछि अन्ततः हामीले वैवाहिक सम्बन्ध अन्त्य गर्ने निर्णय गर्यौँ’, ट्वीटरमा लेख्नुभएको छ, ‘आगामी दिनहरूमा जोडीका रूपमा सँगै अगाडि बढ्न सकिनेमा हामीलाई विश्वास हुन सकेन।’

उहाँहरुले २७ वर्षसम्मको सम्बन्धमा तीन सन्तान पाउन र संसारभर कार्यक्षेत्र रहेको फाउन्डेसन स्थापना गर्न सकेको बताउनुभएको छ। सम्बन्ध बिच्छेद भएपनि फाउन्डेसनमा भने सँगै मिलेर अझै काम गर्ने पनि प्रष्ट बनाउनुभयो । ६५ वर्षीय गेट्सले सन् २०२० मा माइक्रोसफ्टबाट विदा लिनुभको थियो । एजेन्सी 

Facebook Comments