Sat. Apr 27th, 2024

“श्रमिक दिवस”को पहिलो तीन दिनमा शाङहाईमा एक करोड भन्दा बढी पर्यटक

काठमाडौं, २०७८ बैशाक २१ गते मंगलबार ।  सन् २०२१ को “श्रमिक दिवस”को पहिलो तीन दिनसम्म शाङहाईले १ करोड ३ लाख ३ हजार १ सय पर्यटकहरू भित्र्याएको छ। शाङहाईको पर्यटन तथ्याङ्क अनुसार शाङहाईका १७० वटा प्रमुख दर्शनीय स्थलमा कुल १६ लाख ६० हजार पर्यटक पुगेका छन्। यो सन् २०२० को सोही अवधिको तुलनामा १६६ प्रतिशतले वृद्धि भएको छ र सन् २०१९ को सोही अवधिको तुलनामा ६ प्रतिशतले वृद्धि भएको छ।

चालु वर्षको “श्रमिक दिवस”को अवधिमा शाङहाई सांस्कृतिक पर्यटन बजारका तीनवटा विशेषताहरु रहेका छन्। लाल पर्यटन सबैभन्दा आकर्षक बनेको छ। चालु वर्ष चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको १०० औँ वार्षिकोत्सव हो र लाल पर्यटन नागरिक र पर्यटकहरूका लागि मुख्य आकर्षणको केन्द्र बनेको हो। पाँच नयाँ क्षेत्रका विशेषताहरू हाइलाइटमा परेका छन्। “श्रमिक दिवस”को अवधिमा, च्याङतिङ, सोनच्याङ, छिङफु, फोनस्येन र नानहुई लगायत पाँच नयाँ क्षेत्रहरुले विभिन्न किसिमको सांस्कृतिक गतिविधिहरू सुरू गरेका छन्। त्यसको उद्देश्य सांगीतिक स्थल र अन्य सांस्कृतिक गतिविधिहरू सिर्जना गर्नु हो। शाङहाईमा धेरै कन्सर्टहरूले नागरिक र पर्यटकहरूलाई संगीतको सुरम्य दिने गरेका छन्।  सीआरआई

Facebook Comments