Sun. May 19th, 2024

लुम्बिनीका दुई सांसदद्वारा एमाले संसदीय दलमै रहने स्पष्ट

काठमाडौं, २०७८ बैशाक २० गते सोमबार । सूर्य चुनाव चिन्हबाट चुनाव जितेका लुम्बिनीका दुई जना प्रदेशसभा सदस्यहरुले आफूहरू मुख्यमन्त्री शंकर पोखरेलकै पक्षमा रहेको स्पष्ट पार्नुभएको छ ।

कपिलवस्तु २ (ख)का सांसद धर्मलाल श्रीवास्तव र नवलपरासी वर्दघाट सुस्ता पश्चिम १ (ख)का अजय शाहीले विज्ञप्ति जारी गरेर आफूहरू नेकपा एमाले संसदीय दलप्रति प्रतिबद्ध रहेको स्पष्ट पार्नुभएको हो ।

संयुक्त जारी विज्ञप्तिमा भनिएको छ ‘२०७४ मंसिरमा सम्पन्न प्रदेशसभाको चुनावमा हामी सूर्य चिन्हबाट निर्वाचित प्रदेशसभा सदस्य हौं । सूर्य चिन्हबाट निर्वाचित प्रदेशसभा सदस्य भएकाले हामी नेकपा एमाले प्रदेशसभा संसदीय दलप्रति प्रतिबद्ध छौं ।

Facebook Comments