Sun. May 19th, 2024

निषेधाज्ञा जारी भएका जिल्लामा कर तिर्न कार्यालय जानु नपर्ने

काठमाडौं, २०७८ बैशाक २० गते सोमबार । आन्तरिक राजस्व विभागले निषेधाज्ञा जारी भएका जिल्लाका करदाताले घरबाट कर तिर्न सक्ने जनाएको छ । विभागका महानिर्देशक झक्कप्रसाद आचार्यले विभिन्न एपहरूको माध्यमबाट करदाताले घरमै बसेर कर तिर्न सक्ने व्यवस्था मिलाएको बताउनु भएको हो ।

उहाँले प्रविधिसँग जानकार नभएका व्यक्तिले लकडाउनका कारण समयमा कर नतिर्दा दण्डित हुनुनपर्ने व्यवस्था मिलाएको पनि बताउनु भयो । विभागका महानिर्देशक आचार्यले कर तिर्न बढी भन्दा बढी प्रविधिको प्रयोग गर्न सबै करदातालाई अपिल गर्नुभयो । उहाँले एनसिएचएल प्रणलीको माध्यामबाट एक पटकमा १० लाख रूपैयाँसम्म कर तिर्न सकिने समेत उल्लेख गर्नुभयो ।

विभागका महानिर्देशक आचार्यले ९० देखि ९५ प्रतिशत काम अनलाइनबाटै हुने जानकारी दिँदै विवरण बुझाउने, कर तिर्ने, २० लाख रूपैयाँसम्मको कारोबार गर्नेले कर चुक्ताको प्रमाणपत्र पनि अनलाइनबाटै पाउने बताउनु भयो । उहाँले आगामी वर्षदेखि बाँकी म्यानुअल कार्यहरूलाई पनि सूचना प्रविधिमार्फत नै सेवा प्रवाह गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।

हाल मुलुकभर ५६ वटा जिल्लामा आन्तरिक राजस्व विभागको कार्यालय छन् । अधिकांश ठाउँका कार्यलयमा बैंक काउण्टरसमेत छन् । विभागका महानिर्देशक आचार्यले दोश्रो चरणको निषेधाज्ञाको समयमा पनि सेवाहरूमा कुनै असर नपर्ने गरी आलोपालो मिलाएर अधिकतम सेवा प्रदान गर्दै आएको दावी गर्नुभयो । कारोबार अनलाईन

Facebook Comments