Mon. Apr 29th, 2024

पश्चिमी वायु र स्थानीय वायुको कारण पूर्वी एवं पहाडी भेगमा मंगलबारसम्म वर्षा हुने

काठमाडौं, २०७८ बैशाक १९ गते आईतबार । आइतबार बिहानैदेखि काठमाडौं उपत्यका एवं पूर्वी नेपालको १ नं प्रदेशमा मौसम बदली भएको छ । मौसम विज्ञान विभाग मातहतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहार र बंगालमा विकास भएको निम्न चापीय क्षेत्रका कारण प्रदेश नं १ र २ मा मंगलबारसम्म मौसम बदली रही बेलाबेलामा वर्षा समेत हुने अनुमान गरिएको छ ।

काठमाडौं उपत्यकामा अहिले देखिएको प्रि-मनसुनको अवस्था मंगलबारसम्म लम्बिने अनुमान गरिएको महाशाखाका मौसमविद् समीर श्रेष्ठले जानकारी दिनुभयो । । देशभर पहाडी भूभागहरुमा सामान्य बदली र अन्य भूभागहरुमा आंशिक बदली रहने विभागले जनाएको छ ।

वागमती र गण्डकी प्रदेश लगायत अन्य पहाडी भू-भागका केही स्थानमा मंगलबारसम्म नै साँझपख मेघगर्जन र चट्याङ्ग/हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

आइतबार बिहानको हल्का वर्षा ९ बजेसम्ममा रोकिने र दिउँसो र साँझ फेरि सामान्य बदली भई देशका पहाडी भू-भाग र प्रदेश नं १ को सबै जिल्लामा हावाहुरी सहित सामान्य वर्षा हुने सम्भावना रहेको श्रेष्ठले जानकारी दिनुभयो ।

विभागका अनुसार सोमबार देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, २ र वागमती प्रदेश लगायतका पहाडी भू-भागमा मेघगर्जन र चट्याङ्ग र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश नं १, प्रदेश नं २ र वागमती प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग/हावाहुरी सहित वर्षाको सम्भावना छ ।

त्यस्तै, मंगलबार भने प्रदेश नं १, वागमती प्रदेश र गण्डकी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्ग/हावाहुरी सहित वर्षाको सम्भावना रहेको श्रेष्ठले जानकारी दिनुभयो ।

Facebook Comments