Fri. May 10th, 2024

उपत्यकाका जिल्ला प्रशासन कार्यालयमा अत्यावश्यक बाहेकका सेवा एक हप्ताका लागि बन्द

काठमाडौं, २०७८ बैशाक १२ गते आईतबार । काठमाडौं उपत्यकाका तीन वटा जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सेवा एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेका छन् ।

काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले जिल्ला प्रशासन कार्यालयबाट प्रदान हुने शान्ति, सुरक्षा र मुद्दाबाहेकका सेवा भोलिदेखि बन्द गर्ने निर्णय गरेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

यस्तै मालपोत, यातायात लगायत भिडभाड हुने कार्यालयमा पनि आलोपालो गरी समय बढाएर कम भिड हुने गरी सेवा प्रदान गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिनुभयो ।

Facebook Comments