Sun. May 19th, 2024

विदेश जानेहरुले अब तोकिएका अस्पतालहरुमा मात्र पिसीआर परीक्षण गर्नुपर्ने

काठमाडौं, २०७८ बैशाक १२ गते आईतबार । विदेश जानेहरुलाई नक्कली पिसीआर रिपोर्ट बनाएर विचल्ली बनाउने प्रयोगशालाहरुको विगविगी बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले अब उप्रान्त सरकारले तोकेका अस्पताल तथा स्वास्थ्य केन्द्रहरुमा गरिएको पिसीआर रिपोर्टलाई मात्र मान्यता दिने बताएको छ ।

मन्त्रालयको मिति २०७८ बैशाख ८ गतेको निर्णय अनुसार विदेश जाने प्रयोजनको लागि कोभिड-१९ पिसिआर गर्न अबदेखि कोभिड परिक्षण गर्ने सबै सरकारी अस्पताल, स्टार हस्पिटल, सानेपा हाइट्स ललितपुर, नेपाल मेडिसिटी हस्पिटल, भैसेपाटी ललितपुर, मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड टिचिंग हस्पिटल, स्वयम्भू काठमाडौं, युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज एण्ड टिचिंग हस्पिटल, भैरहवा रुपन्देही र ह्याम्स हस्पिटल, मण्डिकाटार मण्डिखाटार काठमाडौंलाई तोकिएको छ ।

विदेश जाने प्रयोजनका लागि मान्यता प्राप्त प्रयोगशालाले पासपोर्ट अथवा भारत यात्रा गर्नेको हकमा पहिचान खुल्ने कागजात परिक्षण गरी मात्र प्रयोगशालाले नै नमूना शंकलन गर्ने व्यवस्था गर्न भनेको छ ।

साथै अनलाईनबाट नाकाहरुबाटै रिपोर्ट हेर्न मिल्ने व्यवस्थाका लागि विदेश जाने प्रयोजनका लागि मान्यता प्राप्त प्रयोगशालाले निजी प्रयोगशालाले रिपोर्टमा सम्बन्धित व्यक्तिको फोटो र बारकोड देखिने तथा अनिवार्य आईएमयु अनलाईन प्रणालीबाट अद्यावधिक हुने व्यवस्था तत्काल लागू गर्न पनि सरोकारवाला सबैलाई निर्देशन गरेको छ ।

Facebook Comments