Sun. May 19th, 2024

कोहलपुरमा आजदेखि एक साता लकडाउन

काठमाडौं, २०७८ बैशाक १२ गते आईतबार । विगत ४ दिनदेखि लकडाउन भइरहेको बाँकेको नेपालगन्जसँगै अब कोहलपुरमा पनि लकडाउन हुने भएको छ । बाँकेको कोहलपुर नगरपालिकामा आइतबार राती १२ बजेदेखि लागु हुने गरी लकडाउन हुने भएको हो ।

नगरपालिका क्षेत्रमा दैनिक कोरोना संक्रमण तीव्र रुपमा फैलिएपछि एक साताका लागि लकडाउन गर्ने निर्णय भएको हो । शनिबार दिउँसो बसेको कोहलपुर नगरपालिका स्तरीय कोभिड-१९ सङ्कट व्यवस्थापन समितिको बैठकले आइतबार राति १२ बजेदेखि लागु हुने गरी आगामी वैशाख १९ गते राति १२ बजे सम्मका लागि लकडाउन गर्ने निर्णय गरेको हो । कोहलपुरमा कोरोना संक्रमण दैनिक रुपमा बढ्न थालेपछि कोरोना सङ्क्रमणको चेन तोड्नको लागि लडाउन गर्ने निर्णय गरिएको कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले बताउनुभयो ।

उहाँका अनुसार सङ्क्रमितको उपचार तथा व्यवस्थापनका लागि २५ बेडको अक्सिजन सहितको अस्पताल सञ्चालनमा ल्याइनेछ । शनिबारसम्मको तथ्याङ्क अनुसार कोहलपुरमा २ सय ६१ जना कोरोना संक्रमित छन् ।

तीमध्ये १ सय ५४ जना पुरुष र १ सय ७ जना महिला रहेको नगर स्वास्थ्य शाखाले जनाएको छ । अहिले कोहलपुरमा ९ जना संक्रमित कोभिड अस्पतालमा उपचाररत छन् ।

अन्य संक्रमित भने होम आइसोलेसनमा रहेको कोरोना फोकस पर्सन गेहराज खनालले बताउनुभयो । उहाँका अनुसार पछिल्लो एक सातामा कोहलपुरमा कोरोनाका कारण ५ जनाको मृत्यु भइसकेको छ । रेडियो नेपाल

Facebook Comments