Sun. May 19th, 2024

मोटरसाइकल दुर्घटनामा प्रहरी जवानसहित तीन जनाको मृत्यु

काठमाडौं, २०७८ बैशाक १० गते शुक्रबार । मदन भण्डारी लोकमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिकाको चन्दनपुरमा शुक्रबार दिउँसो मोटर साइकल दुर्घट्ना हुँदा मोटरसाइकलमा सवार तीन जनाको मृत्यु भएको छ ।

नगरपालिकाको वडा नं. १४ को चन्दनपुरमा भएको दुर्घट्नामा परी दुधौली नगरपालिका-४ डकाहाका २६ वर्षीय यमकुमर (दनुवार) र यम कुमरका भतिजा १३ वर्षीय आशिष कुमरको घटनास्थलमा नै मृत्युभएको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रहरी नायव उपरीक्षक मनोजकुमार लामाले दुर्घट्नामा परी घाइते भएका नौ वर्षीय अतिद कुमर दनुवारको उपचारका लागि सिन्धुली अस्पताल ल्याइएकोमा बाटोमा नै मृत्युभएको डाक्टरले घोषणा गरेको बताउनुभयो ।

कमलामाई नगरपालिकाको भिमानबाट दुधौलीतर्फ जाँदै गरेको प्रदेश २-००१ प २१६३ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घट्ना भएको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीले जनाएको छ । मृतक यम कुमर जिल्ला प्रहरी कार्यालय, सर्लाहीमा प्रहरी जवान पदमा कार्यरत रहेको पनि जनाइएको छ । गोरखापत्र अनलाईन

Facebook Comments