Mon. May 6th, 2024

लिखु तामाकोशी गाउँपालिकाकी उपाध्यक्ष र वडा नम्बर ७ का अध्यक्षलाई जेल सजाय

काठमाडौं, २०७८ बैशाक ११ गते शनिबार । रामेछापको लिखु तामाकोशी गाउँपालिकाकी उपाध्यक्ष दीपशिखा दाहाल र वडा नम्बर ७ का अध्यक्ष सुवास बोहोरालाई जेल सजाय तोकिएको छ ।

लिखु तामाकोशी गाउँपालिकाकै अध्यक्ष गोविन्दबहादुर खड्कासँग दुई करोड चन्दा मागेर नदिएमा ज्यान मार्ने धम्की दिएको आरोपमा उनीहरुलाई दोषी ठहर गर्दै जिल्ला अदालत काठमाण्डौले जेल सजाय तोकेको हो । जिल्ला न्यायाधीश रामचन्द्र पौडेलको एकल इजलासले उपाध्यक्ष दाहाल र वडाध्यक्ष बोहोरालाई समान जनही एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना तोकेको हो ।

केही वर्ष पहिले लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष खड्कासँग स्थानीय लोप्साङ लामा र अमृत तामाङले २ करोड रुपैयाँ चन्दा माग्दै माग गरेअनुसारको चन्दा नदिए ज्यान मार्ने धम्की दिएका थिए । अदालतले धम्की दिन लगाउने मुख्य योजनाकार उपाध्यक्ष दाहाल रहेको र वडाध्यक्ष बोहोराको प्रत्यक्ष संलग्नता रहेको ठहर गरेको छ ।

अदालतले यस अघि नै घटनामा संलग्न भएका लोप्साङ लामालाई ६ वर्ष कैद र ६० हजार रुपैयाँ जरिवाना र अमृत तामाङलाई ३ वर्ष कैद र ३० हजार रुपैयाँ जरिबाना हुने फैसला गरेको छ । फरार रहेका उपाध्यक्ष र वडाध्यक्षको खोजी भैरहेको प्रहरीले जनाएको छ । उज्यालो अनलाईन

Facebook Comments