Sun. May 19th, 2024

दिल्लीमा अक्सिजनको अभाव २५ जनाको मृत्यु, ६० जनाकोे अवस्था चिन्ताजनक

काठमाडौं, २०७८ बैशाक १० गते शुक्रबार । भारतको राजधानी नयाँदिल्लीस्थित सर गंगाराम अस्पतालमा अक्सिजनको अभाव भएर २५ जनाको मृत्यु भएको छ । कोरोना भाइरसको महामारीको कारण राजधानी नयाँदिल्ली लगायतका ठूला शहरहरुमा अक्सिजनको हाहाकार भएको छ । यसैबीच नयाँदिल्लीको सर गंगाराम अस्पतालमा अक्सिजनको अभाव भएर २५ जनाको मृत्यु भएको खवर सार्वजनिक भएको हो । अस्पताल श्रोतका अनुसार अब २ घण्टाभन्दा बढी पुग्नेगरी अक्सिजन छैन ।

सो अस्पतालका निर्देशकका अनुसार पछिल्लो २४ घण्टामा २५ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने ६० जना सिकस्त छन् । हिन्दूस्तान अनलाईन

Facebook Comments