Fri. Jun 18th, 2021

नेपालकाे मलेसियाविरूद्ध नाै विकेटकाे शानदार जीत

काठमाडौं, २०७८ बैशाक ६ गते सोमबार । त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत नेपालले मलेसियामाथि शानदार जीत हात पारेको छ । सोमबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले मलेसियालाई नाै विकेटले हराएको हो ।

मलेसियाले दिएको ११० रनको लक्ष्य नेपालले एक विकेटको क्षतिमा ४७ बल अगावै पूरा गरेको हो । लक्ष्य पछ्याउने क्रममा कुशल भुर्तेल र आसिफ शेखको अर्धशतकसँगै नेपालले शानदार जीत हात पारेको हो ।

Facebook Comments