Fri. Apr 26th, 2024

मास्क बिना सार्वजनिक सवारी चढ्न नपाइने

काठमाडौं, २०७८ बैशाक ६ गते सोमबार ।  सरकारले काठमाडौं उपत्यकासहित देशैभरमा बढ्दै गएको दोस्रो चरणको कोरोना भाइरसको महामारीप्रति ध्यान दिदै सोमबार मन्त्रिपरिषद्को बैठकले विभिन्न विषयमा निर्णयहरु गरेको छ । जसमा सार्वजनिक यातायातका साधनमा चालक, सह-चालक र यात्रु सबैले अनिवार्यरुपमा मास्कको प्रयोग गनुपर्ने सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले बताउनुभयो । मास्क नलगाएको यात्रुलाई पनि कम्तिमा १० रुपैंया लिई सवारी चालकले मास्क उपलब्ध गराउनुपर्ने गुरुङले जानकारी दिनुभयो ।

यसैगरि, सार्वजनिक यातायातको साधनमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाउने, बीचैमा यात्रु चढाउन नपाउने र सवारी साधनमा अनिवार्यरुपमा स्यानिटाइजरको प्रयोग गनुपर्ने निर्णय पनि मन्त्रिपरिषद्को बैठकले गरेको उहाँले बताउनुभयो ।

Facebook Comments