Wed. May 8th, 2024

कुनै पनि बेला निर्वाचनमा जानपर्ने हुनसक्छ: प्रधानमन्त्री ओली

काठमाडौं, २०७८ बैशाक ६ गते सोमबार । प्रधानमन्त्री केपी शर्मा ओलीले जुनसुकै बेला पनि निर्वाचन हुनसक्ने बताउनु भएको छ । निर्वाचन जुनसुकै समयमा पनि हुनसक्ने भन्दै तयार रहन प्रधानमन्त्रीले कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको हो । प्रतिपक्षी दल नेपाली कांग्रेस र माओवादी केन्द्रले नयाँ सरकार गठनको प्रकृया जारी राखेकै बेला प्रधानमन्त्री ओलीले यस्तो विचार व्यक्त गर्नुभएको हो ।

यसैबीच सत्तारुढ नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो १ बजेदेखि सुरु भएको बैठकमा वर्तमान राजनीतिक तथा संगठनात्मक विषयमा छलफल भएको छ । नेकपा एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले कर्णाली प्रदेशमा पार्टीको हुईप विपरीत गतिविधि गर्नेलाई स्पष्टीकरणसहित दुई दिने म्याद थप गरिएको बताउनुभएको छ ।

बैठकमा पार्टी महासचिव ईश्वर पोखरेल सांगठानिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । बैठकमा विशेषगरी आगामी महाधिवेशन केन्द्रित भई आगामी असार मसान्तसम्म सबै पार्टी सदस्यता नवीकरण गर्ने निर्णय भएको प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो ।

यसैगरि प्रदेशदेखि पालिका तहसम्मको सबै अधिवेशन पनि सम्पन्न गर्दै लाने र केन्द्रीय महाधिवेशन लगायत पार्टीको गतिविधिबारे सुझाव संकलनका लागि आगामी वैशाख १० गते पुनः केन्द्रीय कमिटीको बैठक बस्ने उहाँले जानकारी दिनुभयो । गोरखापत्र अनलाईन

Facebook Comments