Mon. Apr 29th, 2024

राष्ट्राध्यक्ष सीले पो आउ एशिया मञ्चको वार्षिक सम्मेलनलाई सम्बोधन गर्नुहुने

काठमाडौं, २०७८ बैशाक ६ गते सोमबार । चीनका राष्ट्राध्यक्ष सी चिन फिङले अप्रिल २० तारिख (भोली मंगलबार) भिडियो मार्फत पो आउ एशिया मञ्चको वार्षिक सम्मेलन २०२१ को उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुने भएको छ । चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले आज सो जानकारी दिनुभएको हो ।

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वन पिनले अप्रिल १९ तारिख सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा राष्ट्राध्यक्ष सीले वर्तमान अन्तर्राष्ट्रिय तथा क्षेत्रीय परिस्थिति र विश्वको जोखिम चुनौती बमोजिम एशिया र विश्वको विकास तथा समृद्धिलाई अगाडि बढाउनेबारे “चिनियाँ अवधारणा” र “चिनियाँ योजना”बारे चौतर्फी रुपमा ब्याख्या गर्नुहुने बताउनुभयो। प्रवक्ता वाङका अनुसार, चालु वर्ष पो आउ एशिया मञ्चको स्थापना भएको बीसौ‌ वार्षिकोत्सव हो। चालु वर्षको वार्षिक सम्मेलन कुटनीतिको भव्य सम्मेलन पनि हो।

ब्रुनाइका सुल्तान हासानाल, चिलीका राष्ट्रपति सेबास्टिन पिनेरा, इन्डोनेशियाका राष्ट्रपति जोको विडोडो, काजाकिस्तानका प्रथम राष्ट्रपति नुर्सुल्तान नाजार्बायेभ, लाओसका राष्ट्राध्यक्ष थोङलोउन सिसोलिथ, दक्षिण कोरियाका राष्ट्रपति मुन जाइ इन, सिंगापुरका राष्ट्रपति हालिमाह याकोप, श्रीलंकाका राष्ट्रपति गोटाभाय राजेपाक्ष, भियतनामका राष्ट्राध्यक्ष न्गुयेन स्विआन फुक, बंगलादेशका प्रधानमन्त्री शेख हासिना, कम्बोडियाका प्रधानमन्त्री हउन सेन, माल्टाका प्रधानमन्त्री, मंगोलियाका प्रधानमन्त्री, न्युजिल्याण्डका प्रधानमन्त्री, ७५औं संयुक्त राष्ट्र संघीय महासभाका अध्यक्ष भोल्कान बोज्किर र अन्तर्राष्ट्रिय मुद्रा कोषका महाप्रबन्धक क्रिस्टालिना गर्गिएभ लगायतका विदेशी नेताहरू र अन्तर्राष्ट्रिय संगठनका जिम्मेवार व्यक्तिहरूले भिडियमार्फत उक्त सम्मेलनमा भाग लिनुहुने कार्यक्रम रहेको सीआरआईले जनाएको छ ।

Facebook Comments