Thu. May 9th, 2024

कोरोना भाइरस विरुद्धको चिनियाँ खोप अब छत्रपाटी नि:शुल्क चिकित्सालय र सशस्त्र प्रहरी अस्पताल बलम्बुमा मात्र

काठमाडौं, २०७८ बैशाक ६ गते सोमबार । कोरोना भाइरस विरुद्धको चिनियाँ भेरोसेल खोप अब काठमाडौंको क्षेत्रपाटीस्थित छत्रपाटी नि:शुल्क चिकित्सालय र सशस्त्र प्रहरी अस्पताल बलम्बुमा मात्र लगाईने भएको छ । यस अघि काठमाडौं उपत्यकाका विभिन्न अस्पताल तथा स्वास्थ्य केन्द्रहरुबाट खोप उपलब्ध गराउँदै आएको भए पनि आईतबारदेखि सो सेवा बन्द गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग टेकूका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मिति २०७७ चैत २२ गतेको निर्णय अनुसार दोश्रो चरणको कोेभिड-१९ विरुद्धको खोप अभियान अन्तर्गत २०७७ चैत २५ गतेदेखि १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थी, चीनमा अध्ययनमा जाने तयारीमा रहेका व्यक्ति, हिमालयपार व्यापार गर्ने व्यापारी, अत्यावश्यक सेवामा काम गर्ने कर्मचारी, व्यक्ति, पर्यटन क्षेत्र, विज्ञापन र इन्टरनेट क्षेत्रमा काम गर्ने व्यक्ति, औषधी, फलफूल, तरकारी लगायतका व्यापारी, शिक्षक, प्राध्यापक, ४० वर्षदेखि ५९ वर्षका व्यक्तिहरु लगायतलाई कोभिड विरुद्धको खोप लगाउने कार्यक्रम रहेकोमा मिति २०७८ बैशाख ७ गतेदेखि उपरोक्त उल्लेखित समूहलाई स्वास्थ्य कार्यालय, काठमाडौंसँगको समन्वय र सहकार्यमा छत्रपाटी नि:शुल्क चिकित्सालय र सशस्त्र प्रहरी अस्पताल बलम्बु खोप केन्द्रलाई निरन्तरता दिई कोभिड १९ विरुद्धको चीनको भेरोसेल खोप मिति २०७८ वैशाख ७ गतेदेखि लगाउनआवश्यक व्यवस्था गर्न अनुरोध गरिएको छ ।

छत्रपाटी नि:शुल्क चिकित्सालयका अध्यक्ष डा. मनोजमान श्रेष्ठका अनुसार भोली बैशाक ७ गते मंगलबारदेखि स्वास्थ्य कार्यालय, काठमाडौंसँगको समन्वय र सहकार्यमा छत्रपाटी नि:शुल्क चिकित्सालयमा खोप उपलब्ध गराईने भ्वाईस अफ काठमाडौंलाई बताउनु भयो । डा. श्रेष्ठले भन्नुभयो, प्राथमिकतामा परेका महानुभावहरुलाई अझै केही दिन खोप प्रदान गरिनेछ । कोरोना भाइरसको जोखिम पछिल्लो समयमा अझ तिब्र गतिमा बढिरहेको भन्दै उहाँले खोप लगाउन सबैलाई आग्रह गर्नुभयो ।

Facebook Comments