Sat. Apr 27th, 2024

चीन सरकारद्वारा अलिबाबा कम्पनीलाई २ अर्ब ७५ करोड अमेरिकी डलर जरिवाना

काठमाडौं, २०७७ चैत २९ गते आईतबार  चीनको शक्तिशाली कम्पनी अलिबाबाले सरकारलाई २ अर्ब ७५ करोड अमेरिकी डलर जरिवाना बुझाएको छ । एकाधिकार नियमहरु उल्लंघन गरेको आरोपमा सरकारले तोकेको जरिवाना तिरेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

अलिबाबाले सन् २०१९ मा गरेको आम्दानीको झण्डै ४ प्रतिशत रकम जरिवानामा बुझाएको खबरमा उल्लेख छ । चीनको बजार नियमनकारी निकाय स्टेट एडमिनेस्ट्रेशन फर मार्केट रेगुलेशनले गएको डिसेम्बरमा अलिबाबामाथि अनुसन्धान सुरु गरेको थियो ।

अलिबाबाले चिनियाँ सामाजिक सञ्जाल वेइपोमार्फत सरकारको निर्णय मान्ने र व्यावसायिक सुधार गर्दै लैजाने बताएको रोयटर्सले जनाएको छ । अलिबाबा चीनको सबैभन्दा ठूलो अनलाइन सपिङ पोर्टल हो । यो कम्पनी चिनियाँका लागि सामान खरिद र ढुवानीका लागि निकै भरपर्दो र लोकप्रिय माध्यम बनेको छ ।

अलिबाबाका संस्थापक अर्बपति व्यापारी ज्याक माले गएको वर्ष चिनियाँ नियामक निकायका गतिविधिमाथि आलोचना गरेपछि उहाँ र उहाँका व्यवसाय सरकारी निकायहरुको निगरानीमा परेका हुन् भनि एजेन्सीलाई उद्दत गर्दे उज्यालो अनलाईनले समाचार लेखेको छ ।

Facebook Comments