Thu. May 2nd, 2024

माओवादी केन्द्रले गर्यो चार सांसदलाई कारबाही

काठमाडौं, २०७७ चैत २४ गते मंगलबार नेकपा माओवादी केन्द्रले आफ्ना चार जना सांसदलाई कारबाही गरेको छ । नेकपा एमालेमा प्रवेश गरेका आफ्ना चार जना प्रतिनिधिसभा सदस्यलाई कारबाही गरेको माओवादी अध्यक्ष पुष्पकमल दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

अध्यक्ष दाहालले ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझी, शहरी विकासमन्त्री प्रभु साह, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र श्रममन्त्री गौरीशंकर चौधरीले दलत्याग गरेको सूचना संसद सचिवालयलाई दिनुभएको छ । प्रतिनिधि सभा संसदीय दलले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३४ बमोजिम प्रतिनिधि सभामा पेश गर्ने निर्णय भएको विज्ञप्तिमा लेखिएको छ ।

२०७४ सालमा सम्मन्न निर्वाचनमा माओवादी केन्द्रबाट प्रतिनिधि सभाको सदस्यमा पदमा उहाँहरु निर्वाचित हुनुभएको थियो । पार्टीले कारबाही गरेसँगै उहाँहरु सांसद रहने छैनन् । माओवादी केन्द्रले उहाँहरुलाई पार्टीको साधारण सदस्य पनि नहरने गरी निष्कासन गरेको छ ।  गोरखापत्र

Facebook Comments