Thu. May 2nd, 2024

बाँकेको नरैनापुर ४ खोदावा गाउँमा आगलागी, सय घर जले

काठमाडौं, २०७७ चैत २१ गते शनिबार  बाँकेको नरैनापुर गाउँपालिकाको वडा नम्बर-४, खोदावा गाउँमा शनिवार दिउँसो आगलागि हुँदा करिब सय घर जलेर खरानी भएका छन् भने आगलागीबाट ठूलो क्षति भएको छ ।

शनिवार दिउँसो करिब सवा ३ बजे लागेको आगोले नरैनापुर गाउपालिकाको वडा नम्बर-४, खोदावा गाउँका सय घर जलेर नस्ट हुनुका साथै दुई करोड बढीको जिन्सी तथा खाद्य सामाग्रीको क्षति भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वांगले बताउनुभयो ।उहाँले हावाहुरीको मौसम भएको कारण स्थानीय एकजनाको घरमा नास्ता पकाउने क्रममा सल्किएको आगोले गाउँलाई खरानी बनाएको बताउनुभयो । आगलागीबाट कुनै पनि मानवीय क्षति नभए पनि अन्य क्षति धेरै भएको जनाईएको छ ।

बाँकेका प्रहरी प्रवक्ता डीएसपी सुवास खड्काले नेपालगञ्जबाट आएका तीन वटा र एउटा नरैनापुरको गरेर चार वटा दमकल, प्रहरी, शसस्त्र प्रहरी र स्थानीयको सहयोगले आगो नियन्त्रण भएको बताउनुभयो । गाउँपालिकामा दमकल रहेकोले तत्कालनै आगलागिस्थलमा दमकल पुगेको र अन्य तीनवटा दमकलले नेपालगञ्जबाट आएर आगलागि निययन्त्रणमा लिने प्रयास गरिरहेको नरैनापुर गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाहले बताउनुभयो । यसअघि गत फागुन २४ गते पनि सुईया गाउँमा आगलागि हुँदा २५ घर जलेका थिए । गोरखापत्र

Facebook Comments