Fri. May 17th, 2024

बाग्लुङको बडिगाढमा जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु

पोखरा, २०७६ मंसिर १७ गते मंगलबार ।

मध्यपहाडी लोकमार्ग  अन्तरगत बाग्लुङको बडिगाढ गाउँपालिका वडा नम्वर ७ जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । गोरखापत्र अनलाईनका अनुसार गुल्मीबाट बाग्लुङको निसीखोला गाउँपालिकाको देविस्थान आउँदै गरेको ग १ ज ५२१९ नम्बरको जीप मध्यपहाडी लोकमार्गको कोप्चेको भीरमा सडकबाट ५०० मिटर तल खसेको थियो ।

जिप दुर्घटनामा १४ जनाको घटनास्थलमै मृत्यु भएको बडिगाढ गाउँपालिकाका कर्मचारी थम्मनबहादुर रेश्मीले जानकारी दिनुभयो । घटनामा घाइते तीन जनाको उपचारका लागि स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको छ । प्रहरीका अनुसार जिपमा गुल्मीको इस्माबाट कुलपुजाका लागि निसीखोलाको बायोखोला जाँदै गरेका यात्रु सवार थिए । घटनाको विस्तृत विवरण आउँन बाँकी रहेको प्रहरीले जनाएको छ ।

Facebook Comments