Thu. May 16th, 2024

पाकिस्तानका अन्तर प्रान्तिय समन्वय मन्त्री तेह्रौ दक्षिण एसियाली खेलकुद उद्घाटन समारोहमा सरिक

काठमाडौं, २०७६ मंसिर १६ गते सोमबार ।

पाकिस्तानका अन्तर प्रान्तिय समन्वय मन्त्री तेह्रौ दक्षिण एसियाली खेलकुद उद्घाटन समारोहमा सरिक हुनुभएको छ । काठमाडौंस्थित पाकिस्तानी राजदूतावासले सोमबार प्रकाशित गरेको प्रेस विज्ञप्ति अनुसार काठमाडौंको दशरथ रंगशालामा आईतबार सम्पन्न दक्षिण एशियाली खेलकुद सागको उद्घाटन समारोहमा मन्त्री डा. फेहमिदा मिर्जा ३०० जना पाकिस्तानी खेलाडीहरु सहित सरिक हुनुभएको हो ।

प्रेस विज्ञप्तिमा चौथो र नवौं दक्षिण एशियाली खेलकुद सन् १९८९ र सन् २००४ मा पाकिस्तानमा आयोजना गरिएको स्मरण गराउदै तेह्रौ दक्षिण एशियाली खेलकुद प्रतियोगितामा पाकिस्तानका ३०० जना भन्दा बढी महिला तथा पुरुष खेलाडीहरु विभिन्न प्रतियोगिताहरुमा भाग लिने जनाईएको छ ।

मन्त्री मिर्जाको भ्रमणले दुई देशबीच विशेष गरी खेलकुद तथा युवाहरुबीचको विचार विमर्श एवम् सहयोग अभिवृद्धिमा केन्द्रित रहन मद्दत गर्ने विश्वास प्रेस विज्ञप्तिमा गरिएको छ ।

प्रेस विज्ञप्तिका अनुसार आउदो वर्ष पाकिस्तान र नेपालबीच दौत्य सम्बन्ध स्थापना भएको ६० औं वार्षिकोत्सव भव्य रुपमा मनाईनेछ । दुवै देशमा विभिन्न खेल प्रति रुची बढिरहेको परिप्रेक्षमा जनता जनताबीचको सम्बन्ध अझ विस्तार गर्ने क्रममा खेलकुदको क्षेत्रमा सहयोग गर्ने प्रशस्त सम्भावना रहेको पनि उल्लेख गरिएको छ । मन्त्री मिर्जा नेपालको तीन दिने भ्रमणमा आउनु भएको हो ।

Facebook Comments