Tue. May 7th, 2024

कोभिड-१९ विरूद्ध खोपको ‘बुस्टर डोज’को अध्ययनमा चीन

काठमाडौं, २०७७ चैत १७ गते मंगलबार चीनमा कोभिड-१९ विरूद्ध खोप लगाउने कार्य सुरक्षित र सुचारू रूपमा चलिरहेको छ र हालसम्म चीनमा लगाइएको खोपको संख्या १० करोड डोज पुगिसकेको छ। चिनियाँ खोपको सुरक्षा प्रभाव ६ महिनाभन्दा बढीसम्म भएको चिनियाँ रोग नियन्त्रण तथा निवारण केन्द्रका प्रथम विशेषज्ञ वाङ ह्वाछिङले जानकारी दिनुभयो।

विशेषज्ञ वाङले भन्नुभयो, ‘हालसम्म एन्टिबडीको स्तरबाट हेर्दा चिनियाँ खोपको प्रभाव लगभग ६ महिनाभन्दा बढी छ। तर एन्टिबडी हाम्रो स्वास्थ्यको संरक्षण गर्ने एउटै मात्र सूचकांक होइन, खोपले भूमिका निर्वाह गर्ने क्रममा अन्य कारक तत्वहरूले पनि भूमिका निर्वाह गर्दछन्। यसै कारणले खोपको अध्ययनमा निरन्तरता दिँदै यसको संरक्षण समय निश्चित गर्नुपर्छ।’

 सीआरआईका अनुसार कोभिड विरूद्ध खोपको बुस्टर डोज डिजाइन गरिसकेको र परीक्षण भइरहेको जानकारी चिनियाँ साइनोफार्म कम्पनीका उप महाप्रबन्धक चाङ युनथाउले दिनुभयो। बुस्टर डोज कहिले लिने भन्ने कुरा तेस्रो चरणको परीक्षणको नतिजा प्राप्त भएपछि मात्रै भन्नसकिने कुरा पनि चाङले बताउनुभयो। प्राप्त समाचार अनुसार, सोमबार काठमाडौं आईपुगेको चिनियाँ खोप साइनोफार्म कम्पनीबाट उत्पादन गरिएका हुन्।

Facebook Comments