Sun. May 19th, 2024

थारुवान संघर्ष समिति र सरकारबीचको वार्ता सकियो, अर्को छलफल बिहीबार हुने

काठमाडौं, २०७७ चैत १७ गते मंगलबार आज गृह मन्त्रालयमा भएको सरकार र थारुवान संघर्ष समितिबीचको पहिलो चरणको वार्ता सकिएको छ । छलफलमा दुवै पक्षले आफ्ना कुरा राखेका थिए । अर्को चरणको छलफल बिहीबार हुने जनाइएको छ ।

बिहीबार पुनः बस्ने गरी आजको वार्ता टुंगिएको हो । गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा सरकारी वार्ता टोलीमा प्रधानमन्त्रीका सल्लाहकार डा. राजन भट्टराई र पूर्वसांसद भगवती चौधरी रहेका छन् ।

थरुहटका तर्फबाट रुक्मिणी चौधरीको संयोजकत्वमा प्रेमलाल चौधरी, पदमनारायण चौधरी, चन्द्रबहादुर चौधरी, प्रभात चौधरी रहेको वार्ता टोली छ ।

थारुहटको टोलीले टीकापुर घटनामा संलग्न रहेका धनीराम चौधरी, सांसद रेशम चौधरी लगायतमाथि रहेको मुद्दा फिर्ता लिनुपर्ने, आन्दोलनमा मारिएकालाई सहिद घोषणा गरिनुपर्ने लगायत १९ बुँदे माग अघि सारेको छ ।

Facebook Comments