Mon. May 6th, 2024

कारबाही नमान्ने, अलग पार्टी पनि नबनाउने नेपाल समूहको निर्णय

काठमाडौं, २०७७ चैत १७ गते मंगलबार  नेकपा एमालेको माधव नेपाल समूहको ११ स्थायी कमिटी सदस्यहरुको मंगलबार बसेको बैठकले दुई नेतामाथि भएको कारबाही नमान्ने बताएको छ । पार्टीमा समानान्तर गतिविधिलाई कायमै राख्ने, तर अलग पार्टी नबनाउने यो समूहले निर्णय गरेको छ ।

नेपाल समूहका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई ६ महिना निलम्बन गर्ने अध्यक्ष केपी शर्मा ओलीको निर्णय विधान विपरित भएको निष्कर्ष निकालेको छ ।

यस्ता कार्य पार्टीभित्र विचार र संगठनबारे छलफल र बहस गर्ने ढोका बन्द हुने र एमालेलाई विभाजनलाई छिन्नभिन्न गर्ने दुराशयकै परिणाम हो,’ उनीहरुले संयुक्त वक्तव्य जारी गर्दै भनेका छन्, ‘यस्तो पार्टी विधान, पद्धति र समान्यता विपरितको कार्यको हामी भर्सना गर्दर्छौं ।’

Facebook Comments