Mon. May 6th, 2024

वालुवाटारमा ओली र विप्लवबीच भेटवार्ता

काठमाडौं, २०७७ चैत ९ गते सोमबार प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा ‘विप्लव’ले आफूहरूबीच भएको सहमति कार्यान्वयनको माग गर्नुभएको छ । आज बालुवाटार पुग्नुभएका विप्लवले प्रधानमन्त्री ओलीसमक्ष फागुन २० गते भएको तीन बुँदे सहमति अन्तर्गत आफ्ना साथीहरूको रिहाइ र मुद्दा फिर्ताका लागि आग्रह गर्नुभएको हो ।

उहाँहरूबीच करिब एक घण्टा भेटवार्ता भएको नेकपाका नेता उदय चलाउने ‘दिपक’ले जानकारी दिनुभयो । ओली र विप्लवबीच पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा पनि छलफल भएको बुझिएको छ ।

Facebook Comments