Sun. May 19th, 2024

एमालेले चार नेतालाई स्पष्टीकरणपत्र थमायाे, सहयोगीहरुले बुझ्नुभयो पत्र

काठमाडौं, २०७७ चैत ९ गते सोमबार नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले वरिष्ठ नेता माधवकुमार नेपालसहित चारजना नेतालाई स्पष्टीकरणपत्र बुझाएको छ । एमाले कार्यालय सचिव ईश्वरी रिजालका अनुसार चारै नेताका सहयोगीले आज सोमबार पत्र बुझ्नुभएको उहाँले  जानकारी दिनुभयो । एमाले केन्द्रीय कमिटीको बैठकको निर्णय अनुसार महासचिव ईश्वर पोखरेलको हस्ताक्षरमा स्पष्टीकरणपत्र सोधिएको छ ।

पत्रको व्यहोरामा पत्र बुझेको तीन दिनभित्र स्पष्टीकरण पत्रको जवाफ पेश गर्न भनिएको सचिव रिजालले जानकारी दिनुभयो । कार्यालय सचिव रिजालका अनुसार वरिष्ठ नेता नेपालका स्वकीय सचिव नितेस पौडेलले पत्र बुझ्नुभयो । त्यस्तै, भीमबहादुर रावलको पत्र उहाँको घरमा छाडिएको छ ।

नेता सुरेन्द्र पाण्डेको पत्र उहाँको सहयोगी सन्जिव पाण्डेले बुझ्नुभयो । सोही अनुसार नेता घनश्याम भुषालको नामको पत्र उहाँको सहयोगी महेश पाण्डेले बुझ्नुभएको रिजालले बताउनुभयो । गत शनिबार सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले पार्टी र सरकारको विरुद्धमा गएर अभिव्यक्ति दिने तथा सामानान्तर कमिटी गठन गरी गुट भेलालाई निरन्तरता दिएको भन्दै चारजना नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । गोरखापत्र

Facebook Comments