Wed. Apr 24th, 2024

दुर्गाप्रसादलाई क्षतिपूर्ति दिन पश्चिम बंगाल सरकारलाई कोलकाता उच्च अदालतको आदेश

काठमाडौं, २०७७ चैत ९ गते सोमबार ४० वर्षसम्म भारतीय जेलमा बिताउन बाध्य हुनुभएका इलामका ६१ वर्षीय दुर्गाप्रसाद तिम्सिना (दिपक जैसी)लाई क्षतिपूर्ति उपलब्ध गराउन कोलकातास्थित उच्च अदालतले पश्चिम बंगाल सरकारका नाममा सोमबार आदेश गरेको छ ।

कोलकाताको उच्च अदालतका न्यायाधीशद्वय थोट्टाथिल बी नायर राधाकृष्णन् र न्यायाधीश अनिरुद्र रोयले सोमबार दुर्गा प्रसादका परिवारबाट माग भए कानुन अनुसार क्षतिपूर्ति दिन पश्चिम बंगाल सरकारलाई निर्देशन दिएको दुर्गाप्रसादको न्यायका लागि लडिरहेका अधिवक्ता हिरक सिन्हाले फोनमार्फत जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘अदालतको आदेशपछि दुर्गाप्रसादले क्षतिपूर्ति पाउने बाटो खुलेको छ ।’

सिन्हाका अनुसार अदालतले कोलकाता सेन्ट्रल जेलमा रहेका दिमागी हालत बिग्रिएका बिरामी कैदीहरुको सत्यतथ्यसहित एक रिपोर्ट बुझाउन समेत जेल प्रशासनलाई आदेश गरेको छ । ‘अदालतले यही २५ तारिखभित्र रिपोर्ट बुझाउन भनेको छ’, उहाँले भन्नुभयो ।

४० वर्ष जेल बसेका दुर्गाप्रसाद आइतबार इलामको माइ नगरपालिका १० लुम्बाकस्थित घर फर्किनु भएको छ । कान्तिपुर

Facebook Comments