Fri. Sep 20th, 2024

नेपाल पत्रकार महासङ्घको चुनाव चैत २५ गते हुँने

काठमाडौं, २०७७ चैत ५ गते बिहीबार

 नेपाल पत्रकार महासङ्घको चुनाव यही चैत २५ गते हुँने भएको छ । महासङ्घका उपलब्ध सदस्य सम्मिलित केन्द्रीय समितिको बुधवारको बैठकले जिल्ला, प्रदेश, केन्द्र, प्रतिष्ठान र एसोसिएट संरचनाको चुनाव तीन हप्तापछि एकै दिन गर्ने निर्णय गरेको सचिव प्रकाश थापाले जानकारी दिनुभयो ।

महासङ्घको संशोधित विधानअनुसार केन्द्रीय साधारण सभा गएको फागुन ४ र ५ गते सम्पन्न भइसकेको छ । चैत ७ गते सबै तहको चुनाव कार्यतालिका प्रकाशन हुने महासङ्घले जनाएको छ । चुनावको मिति तय भएसँगै बुधवारैदेखि पत्रकार कपिल काफ्लेका संयोजकत्वमा गठित चुनाव समितिले काम अघि बढाउने जनाइएको छ । समितिका सदस्यमा अधिवक्ता अरुण पौडेल, कपिलचन्द्र पोखरेल, कृष्णमाया भुसाल, हरेन्द्र राई र देवेन्द्र झा तथा सदस्य सचिवमा भक्तिराम घिमिरे रहनु भएको खवर उज्यालो अनलाईनले लेखेको छ ।

Facebook Comments