Thu. Jan 2nd, 2025

राष्ट्रिय दलित पत्रकार संघ नेपालको प्रथम महाधिवेशन सम्पन्न

काठमाडौं, २०७७ चैत ३ गते मंगलबार

देशभरका ४ सयभन्दा बढि दलित समुदायका पत्रकारहरुको सहभागितामा राष्ट्रिय दलित पत्रकार संघ नेपालको ऐतिहासिक प्रथम महाधिवेशन फागुन २८ देखि चैत्र १ गतेसम्म बुटवलमा सम्पन्न भएको छ । महाधिवेशनबाट संविधान सभा सदस्य तथा अधिकारकर्मी विनोद पहाडीको अध्यक्षतामा ४१ सदस्यीय केन्द्रीय समिति निर्वाचित भएको छ ।

समितिको बरिष्ठ उपाध्यक्षमा गोपाल बराइली, उपाध्यक्ष खुल्लातर्फबाट मिलन परियार र महिलातर्फबाट कमला रसाइली निर्वाचित हुनु भएको छ । त्यसैगरी १ देखि ७ प्रदेशबाट उपाध्यक्षहरुमा क्रमशः पर्वत पोर्तेल, भोला पासवान, बुद्धि विश्वकर्मा, दिपक परियार, टेकेन्द्र विश्वकर्मा, करन ताम्राकार र विनोद परियार निर्वाचित हुनु भएको छ ।

संघको महासचिवमा लक्ष्मण दर्नाल, सचिवहरुमा समावेशी तर्फबाट सन्तोष गन्धर्व, विरु नेपाली, रीता बुढाथोकी र सिकेन्द्र पासवान चयन भएका छन् भने कोषाध्यक्षमा भिमबहादुर घिमिरे चयन हुनु भएको छ ।

त्यसैगरी खुल्लाबाट केन्द्रीय सदस्यहरुमा तारा लामगादे, बसन्त विश्वकर्मा, किसान संगित, सावित्री रसाइली, सरीता बराइली र राजेश (सोनाम) सुनाम निर्वाचित हुनु भएको छ । महिला तथा प्रदेश तर्फबाट सुनिता नेपाली, शान्ति गजमेर, राजन गाउँले, अनिता कुमारी खङ्ग, अमर सुनार, राधेश्याम विश्वकर्मा, राधा नेपाली, पूर्णिमा जनला, गणेश चिन्तन, परवीर ददेल, प्रेम विश्वकर्मा, मानसिंह विश्वकर्मा, पिवी दियाली, फुलु सुनुवार र सञ्जय सौगात सदस्यमा निर्वाचित हुनु भएको छ । ३ जना बाँकी सदस्य केन्द्रीय समितिले मनोनयन गर्ने महासचवि लक्ष्मण दर्नालले जानकारी दिनु भएको छ । मधु शाही संयोजक रहनेगरी अनुशासन समिति समेत गठन भएको छ जसको सदस्यमा भीम बहादुर नेपाली चयन हुनु भएको छ भने १ जना सदस्य रिक्त राखिएको छ ।

समितिको कार्यकाल २ वर्षसम्म रहनेछ । महाधिवेशनमा जिल्ला शाखाबाट ३ र प्रदेश समितिबाट ५ जनाका दरले प्रतिनिधिहरुको सभागिता रहेको थियो भने महाधिवेशनमा दलित आन्दोलनमा योगदान दिएका चर्चित तथा विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो । महाधिवेशनले दलित समुदायका पत्रकारहरुको हक, हित र अधिकार प्राप्तिका लागि १२ बुँदे बुटवल घोषणा पत्र जारी गरेको छ । रेडियो नेपाल

Facebook Comments