Sat. Apr 20th, 2024

लहानमा वम विष्फोट, गम्भिर घाइते दिनेश भण्डारीलाई थप उपचारको लागि काठमाडौं ल्याईयो

काठमाडौं, २०७७ चैत १ गते आईतबार

सिरहाको लहान-८ स्थित मालपोत कार्यालय लहान शाखामा तराई जनतान्त्रिक मोर्चा गोइत समूहले गराएको विष्फोटमा गम्भीर घाइते भएका धनगडी नगरपालिका-४ का ३० वर्षीय दिनेश भण्डारीको थप उपचारको लागि नेपाली सेनाको हेलिकप्टरमा काठमाडौं ल्याईएको छ । सिरहा जिल्ला प्रहरी प्रमुख उपरीक्षक सुदिप राज भण्डारीका अनुसार घाइते भण्डारीको थप उपचारको लागि नेपाल सरकारका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठको विशेष पहलमा काठमाडौं ल्याईएको हो । बाँकी सात जनाको उपचार लहानस्थित रामकुमार उमा प्रसाद स्मारक अस्पताल र सप्तऋषि अस्पतालमा भइरहेको छ ।

सिसिटिभी क्यामरा समेत जडान रहेको मालपोत कार्यालयमा कार्यालय खुलेपछि बम राख्न सकिएको अनुमान गरिएको भएपनि घटनामा संलग्नहरुको पहिचान हुन नसकेको प्रहरी प्रमुख भण्डारीले जानकारी दिँदै तराई जनतान्त्रिक मुक्ति मोर्चाको दोश्रो तहको नेता राम विलास यादवले आइतवार दस बजे जिल्ला प्रशासन कार्यालय सिरहामा आत्मसम्पर्ण गरेकै दिन लहानमा विष्फोट हुनुले मोर्चाले आक्रोस पोखेको हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।

दिनको एक बजेको समयमा सैवाग्राहीहरुको निकै चाप रहेको समयमा विष्फोट भएको कुकुर बम  मोबाइलबाट समय मिलाएर विष्फोट गराएको थियो । विष्फोटबाट मालपोत कार्यालय लहानका नायव सुब्बा शिव कुमार यादव, गोलबजार नगरपालिका-६ लक्ष्मी राना मगर,बेचनी मगर, गोलबजार-४ फूल कुमारी ठाकुर, लहान-१६ का लालबाबु विक,धनगडीमाई नगरपालिका -१३ का भोलाबहादुर मगर घाइते भएका छन् । मालपोत कार्यालय लहान शाखा रहेको भवनको दोश्रो तला विष्फोटले चर्किएको छ । गोरखापत्र

Facebook Comments