Sat. May 4th, 2024

ओलम्पिक खेलकुदमा सहभागी खेलाडीलाई खोप दिन चीन इच्छुक

काठमाडौं, २०७७ चैत १ गते आईतबार

चीनले अन्तर्राष्ट्रिय ओलम्पिक  समितिसँग सहकार्य गरी ओलम्पिक खेलकुदमा सहभागी खेलाडीलाई नयाँ कोरोनाको खोप दिने इच्छा राखेको छ। चिनियाँ ओलम्पिक समितिले टोकियो ओलम्पिक खेलकुद, अपाङ्ग ओलम्पिक खेलकुद र पैचिङ हिउँदे ओलम्पिक खेलकुदमा सहभागी खेलाडीलाई खोप दिने मैत्रीपूर्ण प्रस्ताव गरेको अन्तर्राष्ट्रिय ओलम्पिक समितिका अध्यक्ष थोमस वाहले बताउँनु भएको छ ।

चिनियाँ परराष्ट्रमन्त्रालयका प्रवक्ता चाउ लिच्यानले मार्च १२ तारिख नियमित पत्रकार सम्मेलनमा उक्त जानकारीको पुष्टि गर्नुभएको हो। उहाँकाअनुसार, चीनले खोपको अन्तर्राष्ट्रिय सहकार्यलाई दृढताका साथ समर्थन गरेको छ। चिनियाँ खोपको सुरक्षा र प्रभावता झन् झन् बढी देशबाट स्वीकार गरिँदैआएको छ।

Facebook Comments