Sat. Jul 27th, 2024

भक्तपुरमा नेकपालाई धक्का, नेपाली कांग्रेसका कृष्णलाल भडेल विजयी

काठमाडौं, २०७६ मंसिर १५ गते आईतबार ।

भक्तपुर– १ ‘क’ बाट नेपाली कांग्रेसका कृष्णलाल भडेल विजयी हुनुभएको छ । यसअघि एमाले (हालको सतारुढ नेकपा) ले विजयी हाँसिल गरेको यो क्षेत्रमा कांग्रेस विजयी बनको हो। यसअघिको यही स्थानको स्थानीय निकायको निर्वाचनमा पनि मेयर, उपमेयरसहित अधिकांश वडाअध्यक्ष पनि पूर्व एमालेबाटै विजयी भएका थिए।

काँंग्रेसका भडेल १३ हजार चार सय ४८ मत ल्याई विजयी हुनुभएको हो। उनका निकटम प्रतिद्वन्द्वी नेकपाका डीपी ढकालले ११ हजार एक सय ९७ मत प्राप्त गर्नुभएको छ । तेश्रो स्थानमा यसअघि जस्तै नेपाल मजदुर किसान पार्टीका निरज लवजूले पाँंच हजार आठ सय २९ मत गर्नुभएको छ । यसपटक यस क्षेत्रमा कूल ४५ हजार १५ जना मतदाता रहेका थिए। त्यसमध्ये ३२ हजार ३७ ९७१ प्रतिशत० मत खसेको थियो। गएको यस क्षेत्रको निर्वाचनमा १२ हजार सात ८९ मत एमालेका हरिशरण लामिछाने विजयी हुुुनुभएको थियो। उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जीवन खत्रीले नौ हजार नौसय ७४ मत ल्याउनु भएको थियो ।

चाँगुनारायण नगरपालिका वडा नं १ देखि ९ र भक्तपुर नगरपालिका वडा नं १० गरी यस प्रदेशमा जम्मा १० वटा वडा रहेका छन्। यस पटकको निर्वाचनमा नेकपा, नेपाली कांग्रेस, नेपाल मजदुर किसान पार्टीलगायतका गरी नौ दलहरुबाट नौ जना र १० जना स्वतन्त्र गरी १९ जना उम्मेदबारहरु प्रतिस्पर्धामा थिए। नागरिक न्यूज अनलाईनबाट ।

Facebook Comments