Sat. Jul 27th, 2024

कहाँ कसले जीते? वडाको उपनिर्वाचन परिणाम

काठमाडौं, २०७६ मंसिर १५ गते आईतबार ।

शनिबार सम्पन्न उप निर्वाचनमा वडाअध्यक्ष पदतर्फको नजिता अन्तिम चरणमा पुगेको छ। ४३ वडामा वडाअध्यक्षका लागि भएको निर्वाचनमा पछिल्लो विवरण अनुसार ३९ वडाको नतिजा आएको छ। जसमध्ये २२ वडामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार विजयी भएका छन् भने ११ वडामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। त्यसैगरी समाजवादी पार्टी र राजपाले ३–३ स्थानमा जित हात पारेका छन्।

अन्नपूर्ण पोष्ट अनलाईनका अनुसार प्रदेशसभातर्फ भक्तपुर क्षेत्र नम्बर १ ‘क’ नेपाली कांग्रेसका उम्मेदवार कृष्णलाल भडेल विजयी हुनु भएको छ। अन्य दुई प्रदेश सभामा दाङ क्षेत्र नम्बर ३९ख० को मतगणना भइरहेको त्यसैगरी बागलुङ २ ९ख ० को पनि मतगणना हुँदैछ।

प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन भएको एकमात्र क्षेत्र कास्की–२ को मत गणना जारी छ। अहिलेसम्मको नतिजाअनुसार नेकपाकी उम्मेदवार विद्या भट्टराई दोब्बर मतले अग्रता कायम छ। उहाँलाई नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलले पछ्याइरहनु भएको छ । धरान उपमहानगरको पनि मत गणना भइरहेको छ।

एक प्रतिनिधिसभा, ३ प्रदेशसभा , स्थानीय तहअन्तर्गत उपमहानगर प्रमुख एक, गाउँपालिका अध्यक्ष तीन, गाउँपालिका उपाध्यक्ष र ४३ वडाअध्यक्ष गरी ५२ पदका लागि उपनिर्वाचन भएको हो।

विजयी वडाध्यक्ष
नेकपा
१. शिवकला राई (३९१), खोटाङ, साकेला गाउँपालिका–३
प्रतिद्वन्द्वी– शुक्रबहादुर तामाङ (३७४), नेपाली कांग्रेस

२. जनकबहादुर बूढा (१७४), रोल्पा, थबाङमा गाउँपालिका–१
प्रतिद्वन्द्वी– कलम रोका (२६), नेपाली कांग्रेस

३. ढालप्रसाद शेरचन (७०४), बागलुङ, बडिगाड गाउँपालिका(२
प्रतिद्वन्द्वी– डिलबहादुर राना (४१२), नेपाली कांग्रेस

४. नवीकुमार श्रेष्ठ (९८९), लमजुङ, सुन्दरबजार नगरपालिका–२
प्रतिद्वन्द्वी– प्रकास सेढाई (४८४), नेपाली कांग्रेस

५. देवप्रसाद कोइराला (८६७), काभ्रे, धुलिखेल नगरपालिका–२
प्रतिद्वन्द्वी– दर्णबहादुर खत्री (५८२), नेपाली कांग्रेस

६. मन राजे बूढा (३६७), बाजुरा, त्रिवेणी नगरपालिका–१
प्रतिद्वन्द्वी– खगेन्द्र चदारा (३४७), नेपाली कांग्रेस

७. रामशरण थारू (८००), बाँके, कोहलपुर नगरपालिका–६
प्रतिद्वन्द्वी– श्रीकृष्ण थारू (७३७), नेपाली कांग्रेस

८. दिलिपकुमार यादव (८२५), बाँके, कोहलपुर नगरपालिका–६
प्रतिद्वन्द्वी– प्रदिपकुमार महतो (६५४), राजपा

९. कुलबहादुर बस्नेत (७६९), रामेछाप, उमाकुण्ड गाउँपालिका–५
प्रतिद्वन्द्वी– सावित्री सुनुवार (३८०), नेपाली कांग्रेस

१०. रमेश खड्का (७७८), अछाम, मेल्लेख गाउँपालिका–५
प्रतिद्वन्द्वी– वीरबहादुर बोहरा (५६३), नेपाली कांग्रेस

११.गिरिप्रसाद सिञ्जाली (८०२), गुल्मी, रुरु क्षेत्र गाउँपालिका–६
प्रतिद्वन्द्वी– वेदबहादुर दर्लामी (७२७), नेपाली कांग्रेस

१२. शैलेन्द्र धानुक (६६३), बैतडी, पुर्चौडी नगरपालिका–४
प्रतिद्वन्द्वी– गोविन्दबहादुर धामी (५५८), नेपाली कांग्रेस

१३. रामबहादुर बोहरा (६६५), डोटी, आदर्श गाउँपालिका–२
प्रतिद्वन्द्वी– महादेव साउद (६५६), नेपाली कांग्रेस

१४.  धर्मे बुढाथोकी (७९२), सल्यान, कुमाख गाउँपालिका–५
प्रतिद्वन्द्वी– खडकबहादुर बोहरा (२५१), नेपाली कांग्रेस

१५. खिमबहादुर थापा (३६७), पूर्व नवलपरासी, बौदिकाली नगरपालिका–५
प्रतिद्वन्द्वी– तुलबहादुर राना (२३१), नेपाली कांग्रेस

१६. जीतेन्द्र राई (६९१), भोजपुर, पौवादुङमा गाउँपालिका–१
प्रतिद्वन्द्वी– शम्मरबहादुर कार्की (४३७), नेपाली कांग्रेस

१७. गजाधर भट्टराई,(१४४६) फिदीम नगरपालिका–१, पाँचथर
निकटतम् प्रतिद्वन्द्वी शुभराज थापा ९७२, नेपाली कांग्रेस

१८. शिवकला राई,(३९१), साकेला गाउँपालिका–३
निकटतम प्रतिद्वन्द्वी शुक्रबहादुर तामाङ (३७४) नेपाली कांग्रेस

१९. दिलिप कुमार यादव, ८२५ कल्याणपुर नगरपालिका–१२

निकटतम प्रतिद्वन्द्वी प्रदीपकुमार महतो ६५४, राजपा

२०. मुक्ती पोखरेल  ११२७, प्यूठान नगरपालिका–२, प्यूठान
निकटतम प्रतिद्वन्द्वी, मोहनसिँह विष्ट , ८४३ कांग्रेस

२१. कृष्णबहादुर तामाङ ५२८, पुनर्बास नगरपालिका–३, कञ्चनपुर
निकटतम प्रतिद्वन्द्वी दीपबहादुर तामाङ ३१०, कांग्रेस

२२. भरतकुमार घिमिरे ७९६, खाँदवारी नगरपालिका–३ संखुवासभा
निकटतम प्रतिद्वन्द्वी विक्रम गुरुङ ४६७, कांग्रेस

नेपाली कांग्रेस
१. सुरेशप्रसाद भट्ट (५८४), दोगडाकेदार नगरपालिका–४ बैतडी
प्रतिद्वन्द्वी– नरेन्द्रप्रसाद भट्ट (४८४), नेकपा

२. गजेन्द्रबहादुर चन्द (२१९), बैतडी, सुर्नया गाउँपालिका–१
प्रतिद्वन्द्वी– धनबहादुर चन्द (२१५), नेकपा

३. अमृत हमाल (३,१८३), चितवन, भरतपुर महानगरपालिका–१६
प्रतिद्वन्द्वी– भक्तराज हमाल (२,८७५), नेकपा

४. ताराबहादुर डिसी (१,२१८), दाङ, घोराही उपमहानगरपालिका–१६
प्रतिद्वन्द्वी– सुरेशबहादुर केसी (१,११७), नेकपा

५. बेदबहादुर बस्नेत (११३८), चितव, खैरहनी नगरपालिका–४
प्रतिद्वन्द्वी– बेदबबहादुर अधिकारी (९८६), नेकपा

६. प्रतिमा कार्की बस्नेत (८४२), चितव, खैरहनी नगरपालिका–५
प्रतिद्वन्द्वी– पुननारायण प्रधान (७५६), नेकपा

७. दिपेन्द्र श्रेष्ठ (७७१), रौतहट, गढीमाई नगरपालिका–२
प्रतिद्वन्द्वी– जवार मिया (५९६), नेकपा
८. विपिन प‌ंजियारले ४६१, बलबा नगरपालिका–२, महोत्तरी
निकटत्तम प्रतिद्वन्द्वी, बृजलाल साह, राजपा

९. शोभाखर खनाल ११५९, मालारानी–३, अर्घाखाँची
निकटतम प्रतिद्धन्दी, यमलाल खनाल  १०५३ नेकपा

१०. तिलविक्रम इधिङ्गा, ८४२  हिलिहाङ गाँउपालिका–७ पाँचथर
निकटतम प्रतिद्वन्द्वी गेहनाथ रिजाल, ८१२

११. नारायण प्रसाद साह १७०१ धनपालथान गाउँपालिका–२
निकटतम प्रतिद्वन्द्वी पंकजकुमार मण्डल ११९७ , नेकपा

समाजवादी
१. सुरेश चौधरी (६७२), बारा, बारागढी गाउँपालिका–१
प्रतिद्वन्द्वी– तस्विरीया थरूनी (४७१), नेपाली कांग्रेस

२. रुपलाकुमार यादव, १०३१ सखुवा प्रसौनी गाउँपालिका–५
निकटतम् प्रतिद्वन्द्वी, अशेसर प्रसाद यादव ८१९, कांग्रेस

३. श्यामबाबु राय ३४७, हरिपुर्वा नगरपालिका–१, सर्लाही
निकटतम् प्रतिद्वन्द्वी दोस मोहमद अन्सारी, नेकपा ३२८ र रामविश्वास राय राजपा ३२८

राजपा
१. रामबाबु नायक ३७५, मटिहानी नगरपालिका–६, महोत्तरी
निकटतम् प्रतिद्वन्द्वी, जाकिर अन्सारीले ३५५, नेकपा

२. मन्जु मिश्रा ८६८, शिवराज नगरपालिका–१०, कपिलवस्तु
निकटतम प्रतिद्धन्दी देवराज भारतीले ४६५, कांग्रेस

३. प्रमिलादेवी यादव  ५४० छिन्नमस्ता गाउँपालिका–७, सप्तरी
निकटम प्रतिद्वन्द्वी अछेलाल यादवले ५२९ नेकपा

Facebook Comments