Sat. Apr 20th, 2024

साढे दुई किलो युरेनियमसहित बौद्धबाट चारजना पक्राउ

काठमाडौं, २०७७ फागुन २८ गते शुक्रबार

काठमाडौंको बौद्धबाट साढे दुई किलो  युरेनियमसहित चारजना पक्राउ परेका छन् । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले आज पत्रकार सम्मेलन मार्फत पक्राउ गरेको  जानकारी दिएको हो । निषेधित पदार्थ यूरेनियमसहित रामेछाप लिखु तामाकोशी-५ का नारायणसिंह तामाङ र जानुका तामाङ, रामेछाप बागजोर नगरपालिका-४ का प्रकाश चौहान र सिन्धुपाल्चोक सुनकोशी-४ का मनोज न्यौपानेलाई सार्वजनिक गरिएको हो ।

नेपालमा युरेनियम बरामद भएको यो पहिलो घटना भएको प्रहरीले बताएको छ । बरामद भएको वस्तु प्रशोधन नगरिएको युरेनियम भएको परीक्षणबाट पुष्टि भएको प्रहरीको भनाई छ । उनीहरुलाई विस्फोटक पदार्थ सम्बन्धी कसुर अनुसार अनुसन्धान भई रहेको छ ।  महानगरीय प्रहरी कार्यालय रानीपोखरीका  प्रवक्ता सुशील सिंह राठौरले उनीहरुको बारेमा काठमाडौं प्रहरी परिसरमा अनुसन्धान भइरहेको जानकारी दिनुभयो । गोरखापत्र

Facebook Comments