Fri. May 3rd, 2024

अग्रज पत्रकार सुशील शर्माको निधन

काठमाडौं, २०७७ फागुन २८ गते शुक्रबार

अग्रज पत्रकार सुशील शर्माको निधन भएको छ । चाबहिलस्थित ओम अस्पतालमा उपचारका क्रममा आज पत्रकार शर्माको २ बजेर १३ मिनेट जाँदा निधन भएको हो । उहाँ ६३ वर्षको हुनुहुन्थ्यो । उहाँले एक वर्षअघि फिस्टुलाको शल्यक्रिया गराउनुभएको थियो ।

राइजिङ नेपाल, काठमाडौँ पोष्ट, स्पोर्टस लाइट र बीबीसी नेपाली सेवामा लामो समयसम्म पत्रकारिता गर्नुभएका अग्रज पत्रकार शर्मा नेपाल वातावरण पत्रकार समूहका कार्यसमितिमा रही केही समय योगदान पुर्याउँनु भएको थियो । शर्माका श्रीमती र एक छोरा हुनुहुन्छ ।

Facebook Comments