Fri. May 3rd, 2024

सरकार र विप्लव समूहबीच तीनबुदे सहमती, विप्लव माथिको प्रतिबन्ध फुकुवा

काठमाडौं, २०७७ फागुन २० गते बिहीबार 

सरकार र नेत्र विक्रम चन्द समूह विप्लवबीच तीन बुँदे सहमति भएको छ ।  बालुवाटारमा आज भएको वार्ताका क्रममा तीन बुँदे सहमति भएको हो । सहमति अनुसार विप्लवले आफ्ना सबै राजनीतिक विषयहरुको समाधान संवादका माध्यमबाट गर्ने, आफ्ना सबै राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने उल्लेख छ । यस्तै, सरकारकातर्फबाट विप्लवमाथि लगाएको प्रतिबन्ध हटाउने, पक्राउ परेका विप्लवका सम्पूर्ण कार्यकर्ता रिहाइ र मुद्दा खारेजी लगायत छन् ।

सहमतिको विस्तृत विवरण भोलि दिउँसो २ बजे सार्वजनिक गरिने छ । आज संयुक्त विज्ञप्ति निकालेर सहमति भएको बारे जानकारी गराइएको हो । विज्ञप्तिमा सरकारी वार्ता टोलीका संयोजक एवम् गृहमन्त्री रामबहादुर थापा र विप्लव समूहको वार्ता टोली संयोजक एवम् प्रवक्ता खड्कबहादुर विश्वकर्माले हस्ताक्षर गर्नु भएको छ ।

Facebook Comments