२०८३ आश्विन १९, सोमवार

अमेरिकाले मानव अधिकारको निहुँमा चीनको आन्तरिक मामिलामा हस्तक्षेप गरेमा चीनको कडा विरोध

       

काठमाडौं, २०७७ फागुन २० गते बिहीबार 

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ्ग वन पिनले दुई तारिख नियमित पत्रकार सम्मेलनमा जनाउनुभए अनुसार अमेरिकाले मानव अधिकारलाई निहुँ बनाएर चीनको सिन्च्याङ्ग नीति र आन्तरिक मामिलामा  हस्तक्षेप गरेकोमा चीनले कडा विरोध गरेको बताउँनु भएको छ ।

अमेरिकी सिनेटका अध्यक्ष लोपेसीले हाल तथाकथित“युग्गुर अधिकार संरक्षक”सँग भेटघाट गर्नुभएको थियो । प्रवक्ता वाङ्गले यस सम्बन्धी प्रश्नको जवाफमा वर्तमान सिन्च्याङ्गको समाज सुरक्षित तथा स्थिर भएको र जनताले आनन्दसँग जीवन बिताइरहेको विचार व्यक्त गर्नुभयो। उहाँका अनुसार बितेका ६० वर्षयता सिन्च्याङ्गको अर्थतन्त्रको कूल मात्रा २०० गुणाले बढेको छ। प्रतिव्यक्ति जीडीपी ४० गुणाले बढेको छ। औसत आयु ३० बाट ७२ वर्ष पुगेको छ। बरू अमेरिकाले आफ्नो देशमा दीर्घकालीन रुपमा समाधान गर्न नसकिएका जातीय भेदभाव, हिंसा अन्त्य लगायतमा जोड दिनुपर्ने पनि उहाँले बताउनुभयो। सीआरआई

Facebook Comments