Sun. May 5th, 2024

नेत्रविक्रम चन्द समूह र सरकारद्वारा वार्ता टोली गठन्, दुवै पक्ष ‘सम्पर्क’मा

काठमाडौं, २०७७ फागुन १८ गते मंगलबार

सरकारले गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा वार्ता टोली गठन गरेपछि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सरकारसँग वार्ता गर्न सहमत भएको छ। विप्लवले नेता खड्गबहादुर विश्वकर्माको नेतृत्वमा पूर्व लडाकु कमान्डर उदयबहादुर चलाउने दीपक सदस्य रहेको वार्ता टोली गठन गरेको विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ । प्रतिबन्ध फुकुवा र जेलमा रहेका कार्यकर्ताको रिहाइलाई सो समूहले वार्ताको सर्त बताउने गरेको थियो।

वार्ता टोली गठन गरेको सूचना दिन निकालिएको सरकारी वक्तव्यमा चन्द समूहमाथिको प्रतिबन्ध फुकुवा गर्ने विषयमा भने केही उल्लेख गरिएको छैन। महासचिव चन्दद्वारा हस्ताक्षरित विज्ञप्तिमा नेपाल सरकारसँग देशका राजनीतिक, आर्थिक र राष्ट्रिय स्वाधीनताका विषयमा वार्तामा बस्न आफ्नो दल सहमत भएको उल्लेख गरिएको छ। अघिल्लो साता चन्दले निकालेको विज्ञप्तिमा ‘सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा सरकारसँग संवाद र वार्ताका लागि सकारात्मक छौँ’ भनिएको थियो।

सरकारी वार्ता टोलीमा गृहमन्त्री थापा संयोजक र प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई सदस्य हुँनुहुन्छ । डा. भट्टराईले चन्द समूहको वार्ता टोली गठनलाई सकारात्मक भन्दै दुवै पक्ष निकट भविष्यमै वार्ता हुने बताउँनु भयो। उहाँले चन्द समूहसँग सरकारको सम्पर्क भइरहेको उल्लेख गर्दै भन्नुभयो, “उहाँहरूको निर्णय सकारात्मक हो। अब वार्तामा बसेपछि सबै विषयहरू आउँछन् अनि छलफल गर्दै टुङ्गिन्छ।”

मङ्गलवार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सञ्चारमन्त्री पार्वत गुरुङले सशस्त्र र द्वन्द्वमा रहेका सबै समूहलाई शान्तिपूर्ण प्रक्रियामा ल्याउने दृष्टिकोण सरकारले राखेको बताउँनु भएको थियो । बिबिसी

Facebook Comments