Sat. Apr 27th, 2024

नाइजेरियामा सैनिक विमान दुर्घटना हुँदा सात जनाको मृत्यु

काठमाडौं, २०७७ फागुन ९ गते आईतबार 

नाइजेरियाको राजधानी अबुजाको विमानस्थलमा आइतबार भएको सैनिक विमान दुर्घटनामा चालक दलका सदस्यसहित सात सैनिक अधिकारीको मृत्यु भएको नायजेरियाली सेनाले पुष्टि गरेको छ ।

यस अघि उड्डयन मन्त्री हदी सिरिकाले विमान दुर्घटनाको पुष्टि गरे पनि विमानमा यात्रारत व्यक्तिको विवरणबारे केही बताउनु भएको थिएन ।  उहाँँले भन्नुभयो, “सैनिक विमान किङ एअर ३५० अबुजाबाट मिएनाका लागि छुट्दासाथ अबुजा विमानस्थल नजिकै दुर्घटनाग्रस्त भएको छ ।

सिरिकाले हामी शान्त रही सेनाको अनुसन्धानको नतिजाको लागि पर्खनु पर्छ भन्दै सबैलाई मृतात्माको शान्तिका लागि प्रार्थना गर्न आग्रह गर्नुभएको छ । एजेन्सी

Facebook Comments