Fri. Apr 26th, 2024

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु

काठमाडौं, २०७७ फागुन ९ गते आईतबार 

वीरगञ्ज महानरपालिका वडा नम्बर २४ पदम रोड स्थित सडक खण्डमा आज अपराह्न ४ बजे मालवाहक ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको भने मोटरसाइकलमा सवार एक महिला गम्भीर घाइते भएकी छन् ।

पदम रोडस्थित श्वेता आयल स्टोर नजिकै ड्राईपोर्टबाट वीरगन्जतर्फ आउँदै गरेको ना ५२ प ८७६२ नम्बरको स्पलेण्डर मोटर साइकललाई विपरीत दिशाबाट आइरहेको ना ४ ख १८३९ नम्बरको कन्टेनरले ठक्कर दिँदा मोटरसाइकलमा सवार पर्सा जिल्ला सखुवाप्रसौनी गाउँपालिका श्रीपुर पचगवा निवासी ५० वर्षीय छठु साहको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते महिलालाई उपचारका लागि नारायणी अस्पताल पठाइएको तथा कन्टेनर र दुर्घटनाग्रस्त मोटर साइकल प्रहरीको नियन्त्रणमा रहेको वडा प्रहरी कार्यालय श्रीपुरले जनाएको छ ।

दुर्घटना भएसँगै फरार भएका ट्रक चालकको खोजी भइरहेको वडा प्रहरी कार्यालय श्रीपुरले जनाएको छ । रेडियो नेपाल

Facebook Comments