Sun. May 19th, 2024

मुख्यमन्त्री राई विरुद्ध अविश्वासको प्रस्ताव पेश

Sherdhan rai

काठमाडौं, २०७७ फागुन ९ गते आईतबार 

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरूद्ध दर्ता भएको अविश्वासको प्रस्ताव आज प्रदेशसभामा पेश भएको छ । अविश्वासको प्रस्तावका प्रस्तावक इन्द्रबहादुर आङ्बोले प्रस्ताव पेश गर्नुभयो ।

पुस १२ गते प्रदेशसभा सचिवालयमा दर्ता भएको प्रस्ताव लामो समयसम्म सदनमा पेश भएको थिएन । अविश्वासको प्रस्ताव भएपछि आगामी फागुन २० गतेसम्मका लागि बैठक स्थगित भएको छ । आजकोबैठकमा सरकारका मन्त्रीहरू र सरकार पक्षीय साँसदहरू सहभागी भएनन् । मन्त्री नभए पनि बैठक अघि बढेको थियो । प्रतिपक्ष दलहरू भने बैठकमा उपस्थित थिए ।

यसैबिच अहिलेको अवस्थामा सदन चल्न नसक्ने भन्दै प्रमुख नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले सचिवालयमा लिखित पत्र बुझाउनु भएको छ । उक्त पत्रमा सदन ७ दिन स्थगित गर्न माग गरिएको थियो । तर त्यसलाई सभामुखले स्वीकार गर्नुभएन । गोरखापत्र

Facebook Comments