Mon. May 6th, 2024

आज भारतबाट थप १० लाख मात्रा खोप आउने

काठमाडौं, २०७७ फागुन ९ गते आईतबार 

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाभाइरसविरुद्ध थप १० लाख मात्रा खोप आज भारतबाट आउने जानकारी दिनुभएको छ ।

यसअघि भारतबाटै अनुदानमा १० लाख मात्रा खोप आएपछि नेपालमा खोप अभियान शुरु भएको थियो। “भोलि फेरि १० लाख मात्राको खोप किनेर भारतबाट ल्याउँदैछौँ। केही दिनपछि चीनबाट ल्याउँदैछौँ र केही दिनपछि फेरि भारतबाट ल्याउँदैछौँ,”प्रधानमन्त्री ओलीले शनिवार विराटनगरमा आयोजित पार्टीको एक नम्बर प्रदेश स्तरीय जनसभामा बोल्दै सो जानकारी दिनुभएको हो ।

सरकारले फागुन २३ वा त्यो भन्दा अगावै ६० वर्षभन्दा माथि उमेरका मानिसहरूलाई खोप लगाउने घोषणा गरिसकेको छ। भारतको सिरम इन्स्टिच्युटसँग २० लाख मात्रा खोप ४ डलरको मूल्यमा किन्ने सहमति भएको स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले केही समय पहिले जानकारी दिनुभएको थियो।

Facebook Comments