Sun. May 19th, 2024

सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा सरकारसँग सम्वाद गर्न नेकपा विप्लव तयार

फाईल फोटो

काठमाडौं, २०७७ फागुन ८ गते शनिबार 

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बनेमा सरकारसँग वार्ता गर्न तयार रहेको बताएको छ ।

महासचिव नेत्रविक्रम चन्दले विज्ञप्ति निकालेर पार्टीको गतिविधि गर्न सहज वातावरण बनेमा सरकारसँग वार्ताका लागि सकारात्मक रहेको बताउनुभएको हो । चन्दले हस्ताक्षर गर्नुभएको विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो क्रान्ति राष्ट्र, समाज, अग्रगामी एवम् जनसमुदायको हित र अधिकारको लागि गरिएको सचेत पहल हो । यसको प्रक्रियामा आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टीको सरकारसँग संवाद र वार्ताको लागि सकारात्मक रहेको विषय सबैमा जानकारी गराउँदछौँ ।’

सरकारले यस अघि नै विप्लव समूहमाथिको प्रतिबन्ध हटाउने तयारी गरेको बताइसकेको छ । यसअघि खानेपानी मन्त्री मणि थापाले नख्खु कारागार गएर चन्द समूहका नेता हेमन्तप्रकाश ओलीलाई भेट्नुभएको थियो । सरकारले दुई  वर्षअघि नेकपा चन्द समूह आपराधिक संगठन भएको ठहर गर्दै प्रतिबन्ध लगाएको थियो ।

Facebook Comments